सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अर्घाखाँचीमा भयानक दुर्घटना : दुईको मृत्यु

अर्घाखाँची – भूमिकास्थान नगरपालिकाका दुई छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । 

भूमिकास्थान नगरपालिका ४ को धारापानीमा मोटरसाइकल र वडा नम्वर १० धनचौरमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रकाश खत्रीले बताउनुभयो ।  

भूमिकास्थान नगरपालिका ४ को साना औवलको मिलनचोकमा लु ५६ प ९०१९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार फलामखिलका चोपलाल घर्तिको ज्यान गएको हो । 

दुर्घटनामा गम्भीर घाइते हुनुभएका घर्तिको उपचारको लागि सन्धिखर्क ल्याउँदै गर्दा ज्यान गएको हो । घटनामा मोटरसाइकल चालक नवीन आले र स्थानीय लक्ष्मी सुनार घाइते भएका छन् । घाइते दुवै जनाको उपचार भइरहेको छ । 

त्यस्तै भूमिकास्थान नगरपालिकामा भएको ट्र्याक्टर दुर्घटनामा ट्र्याक्टर चालकको ज्यान गएको छ । दुर्घटनामा ट्र्याक्टर चालक अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ११ का डिभर्ना बस्ने २४ वर्षीय दिनेश विश्वकर्माको घटनास्थलमै ज्यान गएको हो । 

भूमिकास्थान नगरपालिका १० धनचौरको देउरालीतर्फ जाँदै गरेको लु ४ त ४५३९ नम्बरको ट्र्याक्टर चिप्लो बाटोमा उकालोमा तान्न नसक्दा ब्याक भइ बाटोबाट दुई सय  मिटर तल खसेको प्रहरीको भनाइ छ  

भर्खरै

सम्बन्धित खबर

Language »