सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पूर्व अर्थमन्त्रीसँग छलफल गरे

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पूर्व अर्थमन्त्रीसँग छलफल गरेका छन्।  अर्थतन्त्रमा देखिएको चुनौती र त्यसको समाधानका लागि चाल्नुपर्ने उपायबारे आइतबार अर्थमन्त्री शमौले पूवैअर्थमन्त्रीसंग छलफल गरेका हुन ।  

पूर्वअर्थमन्त्रीहरू सुरेन्द्र पाण्डे, वर्षमान पुन र शङ्करप्रसाद कोइरालासँग छलफलमा अर्थमन्त्री शर्माले राष्ट्रिय सहमतिका आधारमा उपलब्ध स्रोत तथा विद्यमान जनशक्तिको उचित संयोजन गरेर कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न आफूले इमान्दार प्रयास गर्ने बताए।

उनले कोरोनाबाट सिर्जित समस्याले प्रतिकूल प्रभाव पारेको भन्दै सबैको साथ र सहयोगबाट नै चुनौतीलाई छिचोल्न सकिने उल्लेख गरे।

उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न तथा अनुत्पादक क्षेत्रमा हुने सार्वजनिक खर्च कटौतीमा ध्यान केन्द्रित गर्नसमेत उनीहरूको जोड थियो

भर्खरै

सम्बन्धित खबर

Language »