सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अलपत्र परेकाहरुलाई बाहिर जान दिने निर्णय प्रति प्रदेश ५ का मुख्यमन्त्रीको असन्तुष्टि

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीय सरकारको निर्णयको असन्तुष्टि जनाएका छन् ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा बसेको बैठकले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई  गरेको केहीबेरमै उनको असन्तुष्टि बाहिर आएको हो ।

उनले फेसबुकमा लेखेका छन् ‘काठमाडौंबाट बाहिर जान दिने र बहिरबाट काठमाडौं जान नदिने कुरा सत्य होइन होला । लकडाउनको अर्थ लकडाउन नै हो । बरु बेखर्चीलाई राहत देऊ ।’

लकडाउनको अर्थ लकडाउन हुने भएकाले पूर्ण कार्यान्वन हुनुपर्ने र बरु खर्च नभएर अभाव झेलेकालाई राहत दिनुपर्ने उनको भनाइ छ ।

उनले प्रदेश ५ का नागरिकलाइ बैशाख ३ सम्म जहाँ छौं त्यहीँ बस्नसमेत अनुरोध गरेका छन् । त्यसपछि आवश्यकता हेरेर हिँड्ने ब्यवस्था मिलाउने समेत जनाएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »