सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अलविनो भएका व्यक्तिलाई राहत


नेपालगञ्ज, अलविनो भएका व्यक्तिहरुलाई राहत प्रदान गरिएको छ । विश्व अलविनो दिवसका अवसरमा राष्ट्रिय अपाङ्ग अलविनो नेपालको सहयोगमा आज घरदैलोमै राहत हस्तान्तरण गरिएको हो ।

जिल्लाका १० जना अलविनो भएका व्यक्तिलाई राहतस्वरुप सहयोग गरिएको हो । त्रिभुवन चौकमा आयोजित कार्यक्रममा वडा न ११ का वडा अध्यक्ष उज्वलसिंह राठौर, राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय सचिव भावुुकजंग थापा, राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश अध्यक्ष देबीदत्त आचार्य, खगेन्द्र नवजीवन संघका केन्द्रीय उपाध्यक्ष चन्द्र प्रसाद तिमील्सेना, अलबीनो नेपाल बाँके अध्यक्ष टेकराज जैसी, सल्लाहकार सुनिल कुमार गुप्ता लगायतले राहत वितरण गर्नु भएको हो ।

राहत स्वरुप प्रत्येकलाई २५ केजी चामल, ५ केजी दाल, ५ केजी पीठो, २ ली तेल, २ केजी चिनी,२ केजी च्यूरा, १ पकेट भुजा, १ पकेट नुन प्रदान गरिएको छ ।

वडा अध्यक्ष राठौरले अलविनो भएकालाई अपाङ्गको दर्जा दिई आवश्यक सहयोग गर्नु पर्ने आवश्यक्ता औल्याउनु भयो ।

शरिरमा छालालाई प्राकृतिक रंग र गुण दिने पदार्थको कमिले छाला र कपाल सेतै हुने समस्यालाई अलबिनो मानीन्छ ।

अलविनो भएका व्यक्तीहरुलाई अपाङ्गताको सुचिमा समावेश नगरीएपछि थप समस्या सिर्जना हुँदै गएको सम्वद्धको भनाई छ ।

अलविनो भएक व्यक्तिहरुले घाममा हिडदा छाला पोल्ने, आँखा कम देख्ने लगायतका समस्याहरु झेल्दै आएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »