सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अवधी पत्रकार संघ जिल्ला शाखा बाँकेका सहसचिव शाहीको निधन

नेपालगन्ज, अवधी पत्रकार संघ नेपालले आफ्नो एक कुशल नेतृत्वकर्ता गुमाएको छ । कोरोनाका कारण संघ जिल्ला शाखा बाँकेका सहसचिव रईस शाहीको शनिबार मृत्यु भएको छ ।
लामो समयदेखि संचार संस्थामा आवद्ध रहनुभएका शाहीको शनिबार कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नं ७ निवासी ४४ वर्षीय शाहीलाई बैशाख १८ गते मेडिकल कलेजमा भर्ना गरिएको थियो ।


नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य समेत रहनुभएका शाहीको ७ वर्षीया छोरी र ४ वर्षको एक छोरा रहेका छन् । संघ बाँकेका शाखा र केन्द्रीय शाखाले शाहीको निधनप्रति श्रद्धान्जली व्यक्त गरेको छ ।

बाँकेका शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठी र केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्राले एक योद्धा गुमाएको साथै शाहीको निधनको खबरले संघ स्तब्ध भएको जनाउनु भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार शाहीको शनिबार बिहान ८ बजे मृत्यु भएको हो । यो संगै बाँके जिल्लाको मृत्यु हुने संख्या २३१ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »