सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अविरल वर्षाका कारण एक महिनामा सय जनाको मृत्यु,२५ जिल्ला प्रभावित

काठमाडौँ / ३१ असार ।
अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपद्का कारण यो एक महिनाको अवधिमा सय जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका अनुसार २०७७ जेठ ३० देखि असार ३० सम्म मनसुनी विपद्का कारण यति सङ्ख्यामा नागरिकको मृत्यु भएको हो । विपद्बाट सात प्रदेशका २५ जिल्ला प्रभावित भएका छन् ।

त्यस क्रममा ९७ जना घाइते, ४३ जना बेपत्ता र चार जनाको उद्धार गरिएको छ । प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक निरजकुमार शाहीका अनुसार बाढी पहिरोका कारण सबैभन्दा बढी मानवीय क्षति गण्डकी प्रदेशमा भएको छ।

गण्डकी प्रदेशमा ६१ जनाको मृत्यु, ५३ घाइते, सात बेपत्ता र एकजनाको उद्धार गरिएको छ । मानवीय क्षति हुनेमा कर्णाली प्रदेश दोस्रो स्थानमा छ । कर्णाली प्रदेशमा १५ को मृत्यु, पाँच घाइते र तीनजना बेपत्ता छन् ।

त्यस्तै,सुदूरपश्चिम प्रदेशमा १० जना र प्रदेश ५ मा १० जना, प्रदेश १ मा एक जना, बाग्मती प्रदेशमा तीन जनाको मृत्यु भएको छ । बाढी पहिरो विपद्का कारण म्याग्दीमा २८, जाजरकोटमा १२, तनहुँमा ११, सिन्धुपाल्चोकमा १०, पर्वत र लमजुङमा नौ -नौ, स्याङ्जामा आठ, कास्कीमा सात, गुल्मी र पाल्पामा पाँच-पाँच, सङ्खुवासभामा चार जनाको मृत्यु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »