सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अवैध एक केजी सुनसहित एक युवक पाेखराबाट पक्राउ

काठमाडौँ । कास्की प्रहरीले एक केजी सुनसहित एक युवकलाई पक्राउ गरेको छ ।

एक केजी आठ ग्राम सुनसहित पोखरा १५ राम बजार बस्ने २५ वर्षीय रेसम सुनार पक्राउ परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिएको छ ।

काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको हाइसमा चेकजाँच गर्ने क्रममा सुनारको साथमा अवैध सुन भेटिएको हो । पोखरा महानगरपालिका ३० पावरहाउसमा चेकजाँचका क्रममा गए राति १० बजे विभिन्न बैकका ३ थान चेक बुक र सुनसहित उनी पक्राउ परेका हुन् ।

सुनारको साथमा फेला परेको बिस्कुट आकारको गालेको अवस्थाको पहेँलो धातुलाई पोखरा र काठमाण्डौमा परीक्षण गराउँदा सुन नै रहेको प्रमाणित भएको डिएसपी तिवारीले बताए ।

पक्राउ परेका सुनारलाई थप अनुसन्धानको लागी राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »