सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

असत्य र भ्रामक समाचार लेखेको भन्दै नेकपा नेता तोयानाथ थापालिया द्वारा समाचार को खण्डन

नुवाकोट नेकपा नेता तोयानाथ थापालियाले नुवाकोट काठमाण्डौको सीमामा पर्ने गुर्जे चौकीमा भएको केहि कुराहरु लाई अतिरन्जित पाराले आफुलाई प्रहार गर्ने उदेश्यले त्यहाँको चौकी इन्चार्जले खिचेको फोटो राखेर केहि अनलाईन ले समाचार प्रकाशन गरेको मा आपत्ती जनाउदै आफ्नो फेसबुक मार्फत त्यस को खण्डन गरेका छन ।


त्यसको पुर्ण पाठ जस्ताको त्यस्तै

लकडाउन देखी म अधिकांस नुवाकोटको घरमा वस्दै आएको छु । अस्ति ११ गते औषधी किन्न काठमाण्डौ गएर हिजो गाउँ फर्कने क्रममा दिउँसो १ वजे गुर्जे चौकि आईपुगे । शिवपुरी सिल भएकोले जान नमिल्ने कुरा चौकि ईन्चार्जले वताउनु भयो । प्रेस्क्रिप्सन र औषधी देखाउदै म शिवपुरी ४ को नागरिक बताउँदा अनुमति मिलेन । जिल्लाको आदेश भएमात्र छोडन सकिने बताइयो । म जस्तै औषधि लिएर आएका र जरुरी काम परेका छ वटा वाईक पनि त्यहाँ थिए ।

मैले सांसद हितबहादुर तामाङलाई आफ्नो र त्यहाँ भएका अरुको समस्या सुनाएँ । वहाँले प्रजिअलाई फोन गर्नुभयो । त्यो नाकाबाट शववाहन र एम्वुलेन्स बाहेक अन्य साधन नछोडने निर्णय भएकोले प्रवेश दिन नसकिने बताउनु भएको कुरा मलाई खवर गर्नुभयो र काठमाण्डौ फर्कन सल्लाह दिनुभयो । प्रजिअ ले ‘तपाईलाई राम्रैसँग चिन्छन्’ भनेपछि उहाँसँग नम्बर मागेर मैले फोन गरेँ । प्रजिअले ‘सरलाई २०४५ साल देखी चिन्छु’ भन्नुभयो । म वहाँलाई नामले चिन्दिन देख्दा चिन्छु चिन्दिन थाहा छैन । ‘मैले शववाहन र एम्वुलेन्स बाहेक अन्य सवै साधनप्रवेश निषेध गरेको छु आफ्नै आदेश विपरित अर्को आदेश गर्न असमर्थ छु’ सोरी भन्नुभयो । मैले घर जाने आशा मारे । साँच्चै एम्बुलेन्स र शववाहन बाहेकका गाडी मोटरसाईकल प्रवेश गर्छन कि गर्दैनन् केही बेर वसेर फर्कन्छु भन्ने सोचेर त्यहि बसेँ । पटकपटक गरी ४ जना सेनाका बाईक पास भए । ३ वटा पव्लिक वाईक प्रवेश गरे । त्यसपछि लिखु गाउँपालिकाका अध्यक्षको गाडी काठमाण्डौ र उपाध्यक्षको गाढी नुवाकोटका लागी आई पुगे । लिखु अध्यक्ष धुर्व श्रेष्ठले ‘दाइलाई छोडिदिन’ भने र गए । शिवपुरी ४ का वडाध्यक्ष पनि चौकिमा चिनजान हुनाका नाताले मलाई जान दिन सिफारिस गर्दै वाईकमा काठमाण्डौ प्रवेस गरे । त्यसपछी ७२ वर्षका किड्नीका बिरामी डाईलासिस गराएर टाटासुमोमा आएर घर जाने अनुमती मागे । उनलाई गल्छीबाट जान भनियो । तत्पस्चात वाग्मती प्रदेशका सांसद केशव पाण्डेको गाडी आईपग्यो । ड्राईवरले मलाई बोलायो । पाण्डेजिले कता जान लाग्नु भयो किन बस्नु भयो सोधे । गाउँ जाने अनुमति पर्खेर बसेको भनेपछि वहाँलाई छोडिदिनुस म प्रजिअसँग कुरा गरौला भने र गए । फेरी केही चौकिको सिपाहीका चिनजानका वाईक पास भए । मैले सोचे र त्यहाँ भएका भाइहरुसँग भने प्रजिअ, सांसद र गृहमंन्त्रि चिन्नु भन्दा यहाँको एउटा सिपाही चिनेको भए काम लाग्ने रहेछ । त्यही विचमा चौकिको केही तल दाना बोकेको गाडी विना इन्ट्रीप्रवेश गराईयो । जागरुक कृषि सहकारीको तरकारीको गाढी फकाईयो । विहान दूधको गाडी प्रवेश दिइएको रहेछ ।

मलाई आफूलाई प्रवेश नदिएकोमा भन्दा किमो दिएर आएको गाडीलाई प्रवेश नदिएकोमा पिडा भयो । जनप्रतिनिधिहरुले तिनको ख्याल पनि गरेनन् । साँझ पर्दै थियो, एउटा वाईकलाई जाने अनुमति आयो जानुस् भनेपछी मैले रोके र सोध । अनुमति कस्को । अघि पठाउनु भएका सेता प्लेटका गाडी र मोटर साईकल शव वाहान हुन् कि एम्वुलेन्स ? दाना वोक्ने गाडि किन छोडनुभयो ति कस्का अनुमतिमा छोडनुभयो ? टाटा सुमोको यो विरामी किन रोक्नु भयो । प्रश्नको उत्तर थिएन र जवाफ पनि आएन । त्यतिवेला मात्र मैले आफ्नो परिचय दिएँ । तपाईको गुनासो माथी गर्नुस मात्र जवाफ आयो । त्यसपछी बिरामीको सुमो छोडियो । मलाई धन्यवाद दिँदै उनिहरु गए । मैले प्रजिअलाई फेरी दुई कल गरेँ फोन उठेन । अनि म्यासेज गरेँ । सर पुलिसका चिनजानका वाईक आते जाते छन् । सरकारी प्लेटका गाडी दशैमा वसले प्यासेन्जर बोके झँै मान्छे कोचेर आए गए । दानाका गाडि प्रवेश भए तरकारीका फकाईए । शव वाहन र एम्बुलेन्सबाहेक निषेध भन्नु हुन्थ्यो । तपाईको अनुमती हो भने हामीलाई किन अनुमति दिनुभएन ? चौकिको मनोमानि हो भने तपाई चौकि ईन्चार्जलाई के कारवाही गर्नु हुन्छ ? कृपया जवाफको अपेक्षा भनेर पठाएपछी प्रजिअको फोन आयो । वडाध्यक्षको र चौकिको समन्वयमा छोडन भनेको छु भनेर लगतै दशबाह्र वाईकलाई गन्तव्यमा जान दिइयो । मैले आफू नेता भएकाले छोडन पर्ने धम्कि दिएको, आफ्नो मात्र प्रवेशको माग गरेको, केशव पाण्डे र धुर्व श्रेष्ठहरुलाई अनुनय गरेको भन्ने समाचार असत्य हो । उनिहरुले मेरो आग्रह विपरित छोडिदिन भनेको चै सत्य हो । यथार्थता यही हो । केही अनलाईनले नेकपाको नेताको सान लगाएको वडाध्यक्षको जिम्मा छोडिएको काल्पनिक र प्रायोजित समाचार प्रकाशित गरेछन र चौकि ईन्चार्जलाई ईमान्दार र वफादार भन्दै मेरो चरित्र हत्या गर्ने दुस्प्रयास गरेछन् । चौकि ईन्चार्जले खिचेको फोटो प्रकासित गरेछन् । म त्यो झुट समाचारको खण्डन गर्दछु ।

कोरोना कहिले समाप्त हुने थाहा छैन । चैत्र देखी लकडाउन गरेर कमिसन र घुसखोरीमा रमाउनेहरुले लकडाउनका अवधिमा देशव्यापी जुलुस गर्न लगाएर समुदायमा कोराना फैलाएका हुन् । कति महिना कतिवर्ष लकडाउन र निषेधाज्ञा गरी जनतालाई घरमा थुनेर राख्ने ? अत्यावश्क काममा आतेजाते रोक्ने, दुध चल्ला दाना तरकारी रोक्ने निर्णय जनविरोधी छ । म यस्ता जनविरोधि निर्णयको निन्दा गर्दछु । जनप्रतिनीधि र राजनैतिक पार्टीहरुको तत्काल ध्यानाकर्षण गराउछु । लकडाउन निशेधाज्ञा वा सिलका नाममा अत्यावश्यक आवागमन र खाध्यवस्तुको ओसार पसारमा प्रतिबन्ध निन्दनिय छ । जिल्ला विपद् व्यवस्थापन समितिले अविलम्व निर्णय सच्याउन आवस्यक छ ।जिल्ला प्रतिवन्ध लगाउने चाैकि हरु रातमा लेना देनागरी गाढी पास गर्ने र अत्यावसेक वस्तु अोसारपसार गर्नु पर्ने जनताको वाध्यात्मक अवस्थाको अन्त्य होस।

भर्खरै

सम्बन्धित खबर

Language »