सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव

काठमाडौं। यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ ।

यातायात व्यवसायीहरुसँग छलफल गर्दै विभागले असेज २०देखि २५सम्म अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो ।

विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार दशैंमा जतिसक्दो छिटो उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिएको छ ।

विभागले यो वर्ष करिब ५ लाख व्यक्तिले दशैंका लागि उपत्यका छाड्ने अनुमान गरेको छ ।

गत वर्षका दशैंमा करिब २० लाखले उपत्यका छाड्ने गरेकोमा यो वर्ष यस्तो संख्या करिब ४ भागले कम हुने अनुमान विभागको छ ।

तर सरकारले गरेको प्रस्तावमा व्यवसायीहरुले घुमाउरो रुपमा असहमति प्रकट गरेका छन् । उनीहरुले यसबारे थप छलफल हुनुपर्ने भन्दै सार्वजनिक यातायात सञ्चालनका सम्बन्धमा सरकारले लिएको नीति पुनरावलोकन हुनुपर्ने माग अघि सारेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »