सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अस्ट्रेलियाबाट २५८ नेपाली नेपाल एयरलाइन्स मार्फत नेपाल आउँदै

काठमाडाैं / ९ असार

लकडाउनका कारण विदेशमा समस्यामा परेका नेपालीहरू स्वदेश ल्याउने क्रम जारी छ । मंगलबार (आज) पनि नेपाल एयरलाइन्सको उडानमार्फत अस्ट्रेलियाबाट २५८ नेपाली मंगलबार काठमाडौं आउँदै छन् । जसमा अष्ट्रेलीयाको सिड्नीबाट मात्रै २५८ नेपाली आउने भएका हुन् ।

उनीहरु लकडाउनले रोकिएका र धेरैजसो जेष्ठ नागरिक रहेको विमानस्थल स्रोतले जनाएको छ । नेपाल सरकारले अस्ट्रेलियाबाट नेपाल आउनेहरुका लागि १६ सय १५ अमेरिकी डलर भाडा तोकिदिएको छ ।

आज आएका उनीहरुलाई प्रदेशगत हिसाबले काठमाडौंमा व्यावस्था गरिएको आवासगृहमा राखिने र स्वास्थ्य परीक्षणपछि आ-आफ्नो प्रदेश वा जिल्लामा पठाइनेछ ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार मंगलबार बिहानसम्म आउने र जाने गरी १२ उडान तय भएको भए पनि दिउँसोसम्म बढेर २० देखि २२ उडानसम्म पुग्न सक्नेछ । तय भएकामध्ये आज ६ उडानमार्फत विदेशबाट नेपाली स्वदेश आउँदैछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »