सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अस्ट्रेलियामा निरन्तर लागेकाे डढेलाेका कारण ५० करोड वन्यजन्तुहरु मरेकाे दाबी

काठमाडौँ । सेप्टेम्बरदेखि फैलिएको डढेलो कारण अस्ट्रेलियामा कयौँ वन्यजन्तु मरेका छन् । घना जंगल, झरेका पात, सुकेका रुख तथा तीव्र गतिको हावाका कारण आगो अनियन्त्रित भएको हो । आगलागी नियन्त्रणमा आउन सकिरहेको छैन ।

निरन्तरको डढेलोका कारण ५० करोड वन्यजन्तुहरु मारिएको त्यहाँस्थित इकोलोजिस्टहरुले दाबी गरिरहेका छन्। डढेलोका कारण त्यहाँका संरक्षित एवं लोपन्मुख वन्यजन्तुहरु विनाशको अवस्थामा पुगेको उनीहरुले बताएका छन्।

दक्षिण अस्ट्रेलियास्थित कंगारु टापुमा पाइने सानो ‘डननार्ट्स’को स‌ंख्या झन् घटेको छ। किराफट्यांग्रा खाने उक्त मार्सिपियलको जीव सम्बन्धि अनुसन्धानका लागि इकोलोजिस्ट प्याट होडगेनले क्यामेरा राखेका थिए। तर डढेलोका कारण उनको क्यामेरा जलेको छ। कंगारु आइलेन्डमा डुननार्ट पाइन्छन्। डढेलोका कारण यसको अस्तित्व खतरामा परेको उनले डेलीमेललाई बताए। डुननार्ट प्रजातिको जीवको संरक्षणका लागि कार्यक्रम ल्याउने तयारी भएपनि डढेलोपछि अवस्था झन् भयानक भएको उनले बताएका छन्।

शुक्रबार नै त्यही टापुमा वन्यजन्तुको ३ वटा बासस्थान डढेलोका कारण मासिएको छ। डढेलोका कारण कंगारु टापुको भविष्य शुभ नभएको अस्ट्रेलियन नेशनल युनिभर्सिटीका प्राध्यापक सारा लीले बताइन्।

बुस फायरका कारण धेरै प्रजातिहरुको मासिने खतरा बढेको भन्दै इकोलोजिस्टहरुले चिन्ता प्रकट गरेका छन्। सिड्नी विश्वविद्यालयमा इकोलजीका प्राध्यापक क्रिस डिकम्यानले साउथ वेल्समा मात्रै ४८ करोड वन्यजन्तुहरु मारिएको दाबी गरेका छन्। जसमा स्तनधारी,चराचुरुंगी र सरीसृप जीवहरु छन्। यसमा भ्यागुता,चमेरा,किरा जस्ता अन्य जीवहरुको संख्या जोडिएको छैन। उनले ४८ करोडभन्दा बढी वन्यजन्तु मारिएको हुनसक्ने डेलीमेललाई बताए।

अस्ट्रेलियमा मात्रै एउटा यस्तो महादेश हो जहाँ २४४ प्रजातिका वन्यजन्तुहरु पाइन्छन्। डिकम्यानका अनुसार २ सय वर्षको अवधिमा अस्ट्रेलियमा मात्रै करिब ३४ प्रजातिका रैथाने स्तनधारी जीवहरु हराइसकेको उनले शुक्राबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आगलागीका कारण अस्ट्रेलियमा ५८ लाख हेक्टर जमिनमा डेढेलो फैलिएको छ। यो डढेलो सन् २००३को अमेरिकाको क्यालिफोर्नियामा लागेकोभन्दा विनाशकारी छ। क्यालिफोर्नियाको आगलागी ४० लाख हेक्टर जमिनमा फैलिएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »