सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अस्पतालका कर्मचारीमा कोरोना पुष्टि भएपछि जुम्ला सदरमुकाममा कर्फ्यु

जुम्ला / १० असार

अस्पतालका कर्मचारीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि जुम्ला सदरमुकाम जुम्ला बजारमा कर्फ्यु लागाइएको छ ।

आशंका गरिएका व्यक्तिहरुको खोजी तथा परीक्षणका लागि जुम्ला सदरमुकाममा निषेधाज्ञा जारी गरिएको हो । आज दिउसो ३ बजेदेखि अर्को आदेश जारी अभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा संक्रामक रोग ऐन २०२० को २ ९ २० तथा स्थानीय प्रशासन ऐन, २०२८ दफा ६ ९ ३० बमोजिम गरिएको गरिएको छ ।

चन्दननाथ नगरपालिकाको पूर्वमा दान साँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिल्ला नदिसहितका चार किल्लामा निषेधाज्ञा जारी गरी सिल गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »