सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अस्पतालको शैयाबाट सहयोगको अपिल

काठमाडौं । शिवपुरी गाउँपालिका वडा नं ५ शेराबगर स्थायी घर भई हाल गोङ्गबु बस्ने बिमला परियारको दुवै मृगौलाले काम गर्न छाडे पछि अहिले बिर अस्पतालमा उपचार गराईरहेकी छिन। आर्थिक अभावले गर्दा उपचारमा समस्या आएपछि उनले अस्पतालको बेड बाटै सहयोगको अपिल गरेकीछिन् ।
बिर अस्पतालमा उपचाररत बिरामिको अवस्था बिग्रदै गएपछि नियमित डाइलोसिस गर्दै आईरहेको भएपनि आर्थिक अभावको कारण अब डाइलोसिस गराउन पनि समस्या परीरहेको बिरामिको आफन्त बुद्धी बहादुर खड्गीले बताए ।
उपचारकै क्रममा आफुसंग भएको अलिअलि तथा आफन्त हरुबाट लिएको ऋृण सापटि रकमले समेत अपुग भएपछि बाध्य भएर सहयोगको लागि अपिल गर्नुपरेको बिरामिको हेरचाह गरीरहेकी छोरी उषाले हामीलाई बताईन ।
कोहि सहयागी मन हरु भेटिए आमालाई बचाउन सकिन्थ्यो भन्ने लागेर यो सहयोगको याचना गरेको बिरामिका छोरा बिक्रमको भनाई छ ।
मृगौला पिडितको लागि राज्यले दिने १ लाख बराबरको सुबिधा लिन पनि लाइनमा बस्नुपर्ने भएपछि बिरामिलाई अझ समस्या थपिने सम्भावना बढेको छ ।
कोहि सहयोगि मन हरु भए बिरामिको छोरी उषा को सम्पर्क नं ९८४९२३०२५७ र छोरा बिक्रमको सम्पर्क नं ९८६१६१०९८४ मा सम्पर्क गर्न तथा बिक्रम परियार को नाममा नबिल बैंकमा रहेको खाता नं ४७१००१७५०५३०२ सहयोग गरी बिरामि बिमला परीयारको जिवन रक्षा गर्नको लागि अपिल गरीएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »