सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अहमदिया संघ नेपाल द्धारा राहत वितरण

काठमाडौं । अन्तराष्ट्रिय अहमदिया मुस्लिम समुदायको भातृ संस्था अहमदिया संघ नेपालले लकडाउनका कारण समस्यामा परेका मजदुर तथा बिपन्न परिवारलाई राहत समाग्री वितरण गरेको छ ।

लकडाउन लम्बिदै जाँदा समस्यामा परेका गरिब, बिपन्न तथा मजदुरलाई लक्षित गरेर संघले शनिवार र आईतवार राजधानीका विभिन्न स्थानका करिब १ सय १० घर परिवारलाई खाद्य समाग्री वितरण गरेको हो । प्रत्येक परिवारलाई १५ किलो चामल, २ किलो सेतो केराउ १ लिटर खाने तेल, २ प्याकेट नुन लगायतका खाद्य समाग्री वितरण गरेको संघले जनाएको छ । स्थानीय सरकारसंग समन्वयन गरेर अहमदिया संघका प्रतिनिधि मोहन राउत र जिल्ला इन्चार्ज समीन अहमद लगायतको टोलिले उक्त राहम समाग्री हस्तान्तरण गरेको जिल्ला इन्चार्ज समीन अहमद ले जानकारी दिनुभयो ।

काठमाठौं महानगरपालिका वडा नम्बर ८ का विपन्न ५० घर परिवारलाई शनिवार राहत समाग्री वितरण गरिएको थियो । संघले आज पनि आईतवार बूढानिलकण्ठ नगरपालिका मण्डिखाटारमा वार्ड न. ९ रहेका ६० घर परिवारका लागि राहत समाग्री वितरण गरेको छ ।

विश्वब्यापि महामारिका रुपमा फैलिरहेको कोरना भाईरस (कोभिड १९) नियन्त्रणका लागि सरकारले बैशाख ११ गतेदेखि लकडाउन जारि गरेको छ । लकडाउनका कारण ज्यालादारी गर्ने मजदुर तथा विद्यार्थीहरु भोकभोकै पर्ने अबस्था आए पछि राहत समाग्री वितरण गरेर अहमदिया संघले आफ्नो सामाजिक उत्तरदायित्व बहन गरेको जिल्ला इन्चार्ज समीन अहमदले बताउनु भयो ।

कतै याे भिडियाे हेर्न त भुलेकाे छैन

भर्खरै

सम्बन्धित खबर

Language »