सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अहिलेको अवास्थामा मदिरा सेवन झन् हानिकारक भएको स्वास्थ मन्त्रालयको दावि

काठमाडौं । मदिरा सेवनबाट मानव स्वास्थ्यमा प्रतिकूल अवस्था सिर्जना हुने भन्दै अहिलेको स्वास्थ्य सङ्कटका समयमा मदिरा सेवन नगर्न स्वास्थ तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ । मदिरा सेवनबाट मुलुकका विभिन्न मागमा मानवीय क्षति भएको भन्दै अहिलेको अवस्थामा मदिराको सेवन गरेर आफूलाई थप जोखिममा नपार्न मन्त्रालयले आग्रह गरेको हो ।

स्वास्थ मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले मदिराको सेवनले रोग प्रतिरोधात्मक क्षमतामा ह्रास गर्ने भन्दै यसले कोरोना सङ्क्रमणको थप जोखिम बढ्ने बताएका हुन ।

“मदिराले हानी गर्छ, फाइदा गर्दैन, कोरोना भाइरसलाई नष्ट गर्ने कुरै भएन”,उनले भने। उनले मानिसमा छर्केर नै कोरोनाको नियन्त्रण गर्न नसकिने, सेवनले कोरोना रोक्न नसकिने र यो जुनसुकै हिसाबले मदिराको प्रयोग हानीकारक भएको उनले बताएका छन्।

प्रवक्ता देवकोटाले मुलुक लकडाउनको अवस्थामा मदिरा सेवन गर्नुको साटो शारीरिक तथा मानसिक हिसाबले सुदृढ हुने खालका क्रियाकलाप गर्न अनुरोध गरेका छन्।

“मदिरा सेवनले कलेजोमा हानी गर्छ, त्यस्तै शरीरका अन्य अङ्गमा पनि असर गर्छ, जटिल रोगको अवस्था निम्तन सक्छ र मृत्यु पनि हुन सक्छ”, उनले भने । अधिक मदिरापानले मानसिक समस्या पनि निम्तन सक्नेतर्फ उनले सचेत गराएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »