सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज देखि तेमाल अध्यक्ष कप शुरु

अाज देखि तेमाल गाउँपालिकामा अध्यक्ष कप शुरु भएको छ । प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव केसी र विशेष अतिथि रोशि गाउँपालिकाका प्रमुख डिभि मोक्तानले प्रमुख रेफ्रीलाई राजेश श्रेष्ठ, रोजा श्रेष्ठ र जय श्रेष्ठलाई बल हस्तान्तरण गरेर अध्यक्ष कपको शुरु भएको थियो ।

पहिलो खेलमा वडा नं. ३ सरमथली र वडा नं. ५ बिच भएको खेलमा वडा नं. ५ ले १ गोलका साथ विजय भएको छ ।
दोस्रो खेलमा वडा नं. ६ ठूलो पर्सेल र वडा नं. ८ भोर्जयाङ बीच भएको खेलमा वडा नं.ले १ गोलका साथमा विजय भएको छ । यसै गरि तेस्रो खेलमा वडा नं. ४ बोल्लेफेदिचे र वडा नं. ७ चापखोरी बिच भएको खेलमा १ गोलका साथ वढा नं. ४ विजय भएको छ । अहिले वडा नं. १ सरस्युखर्क र वडा नं. २ च्युखा लामागाउँ बीच १-१ गाेलका साथमा प्रतिस्पर्धा भैरहेको छ ।

प्रथम पुरस्कार ७५ हजार, दित्तिय पुरस्कार ५० हजार र तिर्तिय पुरस्कार २५ साथमा राम्रो खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई नगद ५ हजार पुरस्कारको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेलले जानकारी दिनु भएको छ ।

यो खेल २५ गतेसम्म संचालन हुनेछन् । नक अाउट चरणको खेलमा विजयी हुने टिम नै फाईनलमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रमुख अतिथि उद्धव केसी बल हस्तान्तरण गर्दै

भर्खरै

सम्बन्धित खबर

Language »