सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आइसोलेशनमा कार्यरत स्वास्थ्यकर्मीलाई फुल वर्षा, दोेसल्ला ओढाएर सम्मान


नेपालगन्ज , खजुरा बिशेष आइसोलेशन अस्पतालमा कार्यरत रही सेल्फ क्वारेन्टाइनका लागि होटल फर्किएका स्वास्थ्यकर्मीलाई शुक्रवार फुलमालाले स्वागत गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

नेपालगन्जको एक होटलमा फर्किदा ती स्वास्थ्यकर्मीको मनोवल बढाउन खाना तथा भोजन उपसमिति र होटलका तर्फबाट फुलमाला बर्साइएको थियो ।

उपसमिति संयोजक एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव चिरञ्जीवी ओली, प्रवक्ता टंकबहादुर धार्मी, भेरी अस्पतालका नर्सिग प्रशासक दुर्गालक्ष्मी श्रेष्ठले दोसल्ला ओढाएर कोरोना बिरुद्धको उपचारमा संलग्न भएकोमा स्वास्थ्यकर्मीको प्रशंसा गरे ।


अग्रभागमा रही काम गरेकोमा आफुहरुले स्वास्थ्यकर्मीको प्रशंसा गरेको केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए ।

उनका अनुसार आइसोलेशनमा एक हप्ता कार्यरत रहेका स्वास्थ्यकर्मीलाई चौध दिनका लागि सूविधा सम्पन्न होटलमा सेल्फ क्वारेन्टाइनमा राखिदै आएको छ । त्यसरी क्वारेन्टाइनमा बसेपछि स्वास्थ्यकर्मी फेरी काममा फर्किने गरेका छन् ।

उनीहरुको आवास तथा भोजनको व्यवस्थापनमा श्रेष्ठ लगायत नेपालगन्ज उद्योग वाणिज्य संघले संस्थागतरुपमा सहयोग गर्दै आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »