सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आईतबार देखि नेपालगञ्ज उप–उपमहानगरपालिकाको सेवा सुचारु हुने


नेपालगञ्ज, जनप्रतिनिधी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सील गरिएको नेपालगञ्ज उप–महानगरपालिकामा आईतबारदेखि सेवा सुचारु हुने भएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरि उप–महानगरपालिकाबाट प्रदान गरिने सेवा सुविधा आईतबारदेखि निरन्तरता दिन लागिएको जानकारी दिनुभयो ।

उपमहानगरपालिकासँगै सम्पूर्ण २३ वटै वडा कार्यालय पनि आईतबारदेखि सुचारु हुने नगर प्रमुख राणाले जानकारी दिनुभयो । नेपालगञ्ज उप–महानगरपालिकामामा कोरोना विरुद्ध उच्च सावधानी अपनाउँदै मुख्य प्रवेशद्धारमा हेल्थ डेस्क सञ्चालन गरिएको छ ।

सेवाग्राहीले कार्यालयमा प्रवेश गर्नासाथ साबुनपानीले हात धुने, सेनिटाईजर सहित ज्वरो नाप्ने ब्यवस्था समेत मिलाइएको छ । उप–महानगरपालिकाले सेवाग्राहीलाई सेवा लिन आउँदा मास्क र सेनिटाईजरको प्रयोग गर्न तथा भिडभाड नगर्न आग्रह समेत गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »