सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आईपीएलका लागि दुबई पुगेका चेन्नई सुपर किङ्सका खेलाडीसहित १० जनामा कोरोना संक्रमण


एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटका लागि दुबई पुगेको चेन्नई सुपर किङ्सका खेलाडीसहित कम्तिमा १० जनालाई कोरोना भाईरसको संक्रमण देखि

भारतको हिन्दुस्तान टाईम्सले चेन्नईका खेलाडी र स्टाफ गरी कम्तिमा १० जनामा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।

बिहीबार परिक्षण गरिएको र शुक्रबार आएको रिपोर्टमा १० जनामा कोरोना देखिएको हिन्दुस्तानले जनाएको छ । तर, चेन्नईले भने औपचारिक रुपमा केहि बताएको छैन ।

ठुलो मात्रामा कोरोना देखिएपछि टिमका सबै सदस्य क्वारेन्टिनमा बसेको बताईएको छ ।

चेन्नईको टिममा महेन्द्र सिंह धोनी, सुरेश रैना, अम्बाती रायडु, पियुस चावाला, दिपक चाहर लगायतका खेलाडी छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »