सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आए हजुर गए ससुर !

शम्भु उप्रेती

आए हजुर गए ससुर ! नेपाली समाजमा प्रचलीत घत लाग्ने उखान हो । प्राय मानिसहरु यस्को प्रयोग गर्छन जब आफ्नो स्वार्थ सिद्ध हुने आशा रहुन्जेल चाकरी बजाउने तर जब यस बाट अब के पाउनु छ र ? भन्ने अबस्थामा मुन्टो बटार्ने ब्यबहार खुलेआम निज प्रति आधारहिन,बिना तथ्य र प्रमाणको भरमा हुर्मत लिन लागीपर्ने बेईमानी प्रबृती यदाकदा प्रदर्शन गर्ने गरीन्छ ।

अपबादनै मान्नु पर्दछ रास्ट्रसेबक कर्मचारीको हैसियतमा आम सर्बसाधरण जनताहरुको एउटै मत मुक्त कन्ठले प्रसंशा र पुनर्बहालीको लागी कुलमान जी प्रतिको बिश्वास आज सम्म पनि पुनर्नियुक्तिकै आसामा रहिरहनु दबाब कायममै रहनु यधपी हिजो देखी कार्यकाल समाप्त भईसकेको अबस्था बाबजुत पनि सुखद र न्याय नमरेको अर्थमा बुझ्नु पर्छ ।आजकल सामाजिक संजाल को ब्यापक दुरुपयोग गरी आफुलाई बिज्ञ र जानकारको हवालादिदै निहित स्वार्थ सिद्ध गर्न आम सर्बसाधरणमा भ्रम छर्न त्यस्तो अमुक ब्याक्तीहरु सफल बन्दैगरेको अनुभुति हुदैछ ।


शक्तिमा आउदै गरेको ब्यक्तीलाई लक्षित गर्दै आफ्नो शक्ति र पहुच देखाउन समेत सफल हुने र मौकामा चौका हान्न उनिहरुमा खप्पीस बिलक्षण खुबी भएको पाईन्छ ।
मौक़ा हेरि पून: अर्को अमुक ब्यक्ती जुन यस्तै पद र शक्तिमा उदय हुने बिश्वास गर्न सकिनेको पछी चाकडी जमाउन आफ्नो गच्छे बलबुताले भ्याए सम्म लागीहाल्ने अन्धभक्ती प्रबृतीमा समेत पारंगत हुने चरीत्र हो ।
सुरुमा स्वागत गर्ने बहानामा नजीकहुनअग्रपंक्तिमा फूलका गुच्छा अर्पित गर्ने देखी माथील्लो तहमा रहेका शक्तिशाली मन्त्री हरु संगको राम्रो समन्ध रहेको पुस्टी गर्न समेत भ्याईहाल्ने । उ फलाना यस्तो सक्षम र बिशेष खुबी भएको मानिस हो भन्न समेत सिफ़ारिश लगाउन समेत नचुक्ने कलाबाट सुसुक्षित हुन्छन ।


ति गलत स्वभाब र स्वार्थी मानिसहरु प्राय पत्रकार, ठेगेदार, सामाजिक अभीयन्ता रुपी नकाबमा नौटंकी गरी आफुलाई प्रतिस्ठीत कहलाउन सफल,राजनितीमा पुरानो खेलाडी बनेको अभीनय गर्ने दलाल प्रबृती बेकेका राजनैतिक कर्मि मानिसहरु यस समुहमा भेटीन्छन। पावरदार हरु संग बर्षौ देखी आफ्नो समन्ध रहेको पुस्टी गर्छन – घरभेटी, साईनोमा जोडीएर या बिधीर्थी जीबन र राजनैतिक संघर्षका दिन देखीकै सहपाठी, लगायतका चरणबद्ध आफ्नो पासामा चारो खुवाउदै पालेको हुदोरहेछन ।यीनीहरुको कुनै निती, नैतिकता र आस्था नै हुन्छ न त रास्ट्रियता !
यी र यस्ता बिभीन्न चाकरीहरुका बिबीध प्रबृतीहरु नाता बाद,फरियाबाद, कमिसन र पर्लोभनबाद, प्रसंशा र स्तुति बाद, लोभलालचा र आशक्तबाद, आदी आदी ।


जील्ला प्रमुख देखी केन्द्र सम्मै अमुक स्वार्थसिद्ध गर्न बिसौ केजीको अस्वाभाविक फूलको माला लगाईदिएर महान ब्यक्तिको ताज पहीर्याएको आभास गराउने, नागरीक अभीनन्दन जस्तो बिशाल नाटक मन्चन गराई तक्मा प्रसंशा समेतको सिफ़ारिश र झुट्टामा प्रसंशा र सम्मान गरि मन जीत्नु कम खर्चिलो र आकर्षक मानिदो रहेछ ।
एक थरीमा शक्तिमा रहेको ब्यक्तिको कमजोरी पहील्याई त्यस्मै सहयोगी भूमिका खेल्ने बिशेष खुबी निहीत हुन्छ ।जुन एक पटक फसाए पछी परीबार जस्तै आईजाई गर्ने किचन सम्म दखल दिन सफल हुने ।


यो बिशेष ठाउको माछा र मार्सी चामल, अर्गानिक फलफूल तरकारी जस्ता सजीलो उपायबाट पनि करोडौका काम पट्याउन सफल ब्वासा प्रबृती बोकेका मानिसहरुको कुचक्रमा फसाउने चालमा प्रयोग भईदिने गर्दा यी र यस्ता प्रबृतीले निरन्तरता पाएको अबस्था हो ।
प्राय चाकरी भनसुन र आफ्नो निकटतम प्रतिद्वन्द्वी संगको टकराब र मनमुटाब गर्दै पद प्राप्ति गरेका मानिस अन्धो बनेका शक्तिसाली जीगिरे उपल्लो पदधारी मनुवाहरुको मनमस्तिस्कबाटै यो ‘मानिस असल र मेरो शुभ चिन्तक हो ‘ भन्ने भ्रम सृजना गर्न बिशेष कलाबाट पारंगत हुन्छन।
यी यस्तै अनेकौ थरीका धमिरा मनोवृत्ति बोकेका मानिसहरु हाम्रो नेपाली समाजमा खास गरी जिम्वेवार राजनैतिक र कर्मचारी तन्त्र हुदै सम्बैधीनिक पदहरु लगायत न्यायीक क्षेत्र सम्म पहुच पुर्याई दुषित बनाउन सफल रहेको उदाहरण बेलग्रति बिभीन्न आबरण र पेशामार्फत सल्बलाई मौकामा चौका हान्न सफल भएको देखियो ।


तर दुर्भाग्य उनिहरुको पन्जामा आफु परेको मेसो नपाउने नेताहरु या रास्ट्र सेबकहरु र प्रतिस्ठीत पदधारी धेरै हुदा रहेछन ।अबकास पछीको गुनासो र आखा देख्नु, चेत फुर्नु ‘आत्मबृतान्त’का पानाहरुमा सजीनु सिबाय केही होईन । दुबै थरीमा यो क्रममा निरन्तरता रहीरहने देखीन्छ।
हुनसक्छ अधीकांश वाहाहरुको कमाउने र मौकामा सजीलै मालामाल बन्ने भरपर्दो सजीलो उपायको रुपमा लिने र ‘ देश अनुसारको भेष’ ‘ मौकामा चौका हान ‘को उखान पुन चरीतार्थ हुदोरैछ क्यारे ।


न्याय क्षेत्रमा सर्वोच्च पदमा रहदा ईमान र शाख जोगाउन सफल भएकै कारण राजनैतिक साख बचाउन राजनैतिक सहमतिमै मन्त्रीपरीषदका अध्य़क्ष बन्न गरिएको प्रस्ताब लाई खिलराज रेग्मी ज्यूले स्विकारगर्दै त्यती बेलाको तरल अबस्थामा इतिहासमै पहीलो पटक प्राप्त गहन जिम्वेवारी संबिधान सभाको चुनाव गराउने ऐतिहासिक चुनौती र अबसरलाई निस्ठापूर्बक निर्भाहा गरी ऐतिहासिक रुपमा ब्यूरोक्रेसीको शाख र क्षमता प्रदर्शन प्रमाणीत गरी रास्ट्रीय चुनौती लाई अबसरमा बदल्ने कामको सर्बत्र मुक्तकन्ठले प्रसंशा यधपी भईरहेछ ।

त्यस्तै नेपाली ब्युरोक्रेसीमा एकाध नाम मध्ये पूर्ब मुख्य सचिब लिलामणी पैडेल ज्यूले आफुलाई गृह सचिव हुदै सर्वोच्च पद मानिने मुख्य सचिबमा बहाली रहदा सम्म अब्बल कर्तब्यनिस्ठ प्रमाणीत गरी पून चिनको राजदुत सम्मको सफल कार्यकालको अन्तिम चरण पुग्दा हठात यस्तै चरीत्र बोक्नेहरुको कोप भोजनमा परेको धेरैलाई अनुभुति हुदैछ ।
राजनैतिक बृतमा हेर्यो भने केही राजनेता बाहेक खासै जनताहरुको पृय हुने तहमा आफुलाई सुरक्षित गर्न सकेको पाईदैन । यी र यस्तो प्रबृती बोक्नेहरुको लामो पन्जाबाट अछुतो रहन मुस्किल हुदै गरेको अबस्था बिधमान छ ।हामी राजनैतिक गर्नेहरु प्रति एकोहोरो अनुदार र नकारात्मक सोच राखिनु भन्दा यस्ता आसेपासे प्रति निगरानी र पर्दाफ़ाश गर्ने तर्फ जुटनु पर्ने तडकारो आबस्यकता छ ।


अन्त्यमा अख़्तियार जस्तो संबेदनशिल स्थानमा अब हुने नियुक्ति प्रति आम नागरिक हरुको चासो बडेको अबस्था हो । बिडम्बना लोकमान देखी पछील्लो आयुक्त नबीन ज्यू सम्म बिबाद र आलोचना बाट मुक्त हुन नसक्नुमा स्वयम आयुक्त हरु लाई मात्र दोष दिनु अन्याय र अबुझ हुनेछ ।यी र यस्ता प्रबृती बोक्ने हरु राम्रो गरी भूमिका निभाउन सफल भएकै हुन ।


आए ‘हजुर र जादा ससुरको’ शैली र प्रबृती बोक्ने हरु प्रति सचेत र निस्तेज पार्न प्रति हामि सबैको समयमा ध्यान पुग्नु जरुरी छ यस्मा राजनैतिक दलहरु देखी रास्ट्रबादी सबै पक्षको जीत र मुलुकको हित सुरक्षित रहने देखीन्छ । आम मानिसहरु जानि नजानी उनीहरुको डीजाईनमा तयार पारेका समाचार हरु प्रति सही धस्क्याउदा र उल्टै समर्थन गर्ने गरिदा मनोबल उचा भई बिभीन्न आबरणमा रहेका दलाली हरुको मनोबल बडेर सधै मुलुकमा अस्थिरता र गलत गरिने हरुलाई पक्षपोषण हुने र सच्चा राजनैतिक र रास्ट्र सेबकहरु आम नागरिकको नजरमा बिबादीत र आलोचित बनिरहने परीस्थिती कायमै रहने पक्का छ ।
कोरोना संक्रमणको महामारी बाट बचौ बचाऔ ।

लेखक : बाग्मती सफ़ाई महअभीयानका सामाजिक अभीयन्ता एवं सशस्त्र प्रहरी बल नेपाल का बरीस्ट उपरीक्षक (अप्रा)


भर्खरै

सम्बन्धित खबर

Language »