सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आगामी एसियन गेममा पब्जी लगायत अनलाइन गेम पनि समावेश गरिने

काठमाडौं । सन् २०२२ मा हुन गइरहेको एसियन गेममा ई-स्पोर्टस अर्थात अनलाइन गेम पनि समावेश हुने भएको छ । ओलम्पिक काउन्सिल अफ एसियाले बुधबार यस्तो घोषणा गरेको हो ।

एसियन गेममा पहिलो पटक आठओटा ई-स्पोर्टस समावेश गर्न लागिएको छ । काउन्सिलका अनुसार यस पटकको एसियन गेममा इए स्पोर्टसले तयार पारेको फिफा, पब्जी मोबाइल, एरेना अफ भालोर, डोटा २, लिग अफ लिजेन्ट्स, ड्रिम थ्री किङडम १, हर्थस्टोन र स्ट्रिट फाइटर फाइभ रहेका छन् ।

यी गेम अन्तर्गत खेलाडीहरूले स्वर्ण, कास्य र रजत पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । ई-स्पोर्टसका लागि मात्र कूल २४ ओटा मेडल राखिएको छ । जसका लागि चीनको ह्वाङजाओमा हुने एसियन गेममा खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी अन्य दुई गेम, रोबोट मास्टर्स र भीआर स्पोर्टस्, सन् २०२२ को एसियन गेममा डेमोन्स्ट्रेसन इभेन्टको रुपमा खेलिनेछन् । ई-स्पोर्टस प्रतियोगिताको लागि एसियन इलेक्ट्रोनिक स्पोर्टस् फेडरेसनले प्राविधिक समन्वयका साथै प्रतियोगिताका लागि टिमहरूको छनौट र व्यवस्थापनको काम गर्नेछ ।

सन् २०१८ को एसियन गेममा ई-स्पोर्टस डेमोन्सट्रेसन इभेन्टको रुपमा खेलाइएको थियो । ओलम्पिक काउन्सिलको यस किसिमको घोषणाले एसिया प्रसान्त क्षेत्रको अनलाइन गेमलाई अर्को उचाईमा पुर्‍याउने विश्वास लिइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »