सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आजको मौसम : केही स्थानमा हल्कादेखि भारीसम्म वर्षा, भोलिबाट अझ बढ्ने

काठमाडौं। आज (शुक्रबार) देशभर केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

बागमती, गण्डकी, ५ नम्बर र कर्णालीका प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।

उनका अनुसा दिउँसो ३–४ बजेदेखि बदली र वर्षा अलि बढ्ने देखिन्छ। काठमाडौं उपत्यकामा पनि अबको ३–४ घण्टापछि बदली हुने सम्भावना छ।

यस्तै राति पनि देशभर सामान्य वदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

भोलि (शनिबार) बाट वर्षाको मात्रा केही बढ्ने सम्भावना रहेको मौसमविद् अर्यालले जानकारी दिए। उनका नेपालको पश्चिमतर्फ न्यून चापीय रेखा केही नजिक रहे पनि अन्य स्थानमा यो अहिले औसत स्थानभन्दा दक्षिण अर्थात् नेपालदेखि टाढा छ।

भर्खरै

सम्बन्धित खबर

Language »