सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आजको मौसम : प्रदेश १ र २ का केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं। प्रदेश १, २, गण्डकी र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही देशका अन्य भू-भागको मौसममा अहिले आंशिकदेखि सामान्य बदली रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा अहिले हल्का वर्षा भइरहेको छ।

आगामी २४ घण्टा प्रदेश १ र २ का एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसम सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

भर्खरै

सम्बन्धित खबर

Language »