सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आजको मौसम : मनसुनी गतिविधि केही कमजोर, देशभर बदली

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुनी न्युन चापीय रेखा हाल दक्षिण तर्फ अवस्थित रहेको छ।

बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाबका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएकोले देशभर आँशिकदेखि सामान्य बदली भएको जनाएको छ ।

आइतबार पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै हाल देशभर हाल देशभर आँशिकदेखि समान्य बदली भइरहेको जानकारी दिएको छ ।

आइतबार दिउँसो देशभर आँशिकदेखि समान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरिएको छ ।

यसैगरी, राति देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »