सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आजको मौसम : विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा,बाढीपहिरो र डुबानबाट सावधान

काठमाडौँ / ३१ असार ।
आज (बुधबार) पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज अहिले देशभर आंशिक बदली छ भने गण्डकी, प्रदेश १, २, ५, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा वर्षा भइरहेको छ।

जसले गर्दा बाढी, पहिरो तथा डुबानको समेत खतरा देखिएकाले होसियारी अपनाउन महाशाखाले जोखिम क्षेत्रका बासिन्दालाई सुझाव दिएको छ।

यस्तै आज दिउँसो (साँझ ६ बजेसम्म) देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ भने प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छः ‘देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै प्रदेश १, प्रदेश ५, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

यस्तै राति पनि केही स्थानमा हल्कादेखि मध्यसम्म वर्षा हुनेछ भने प्रदेशहरू १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

भर्खरै

सम्बन्धित खबर

Language »