सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आजदेखि उपत्यकामा ९५० शय्याको एकीकृत क्वारेन्टाइन सञ्चालनमा ल्याइने

काठमाडौं। वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिलाई राख्न सोमबारबार काठमाडौँ उपत्यकामा ९५० शय्या भएको एकीकृत क्वारेन्टाइन सञ्चालनमा ल्याइँदै छ।

मन्त्रिपरिषद्बाट काठमाडौँं, ललितपुर र भक्तपुरमा एकीकृत क्वारेन्टाइनको प्रबन्ध तथा व्यवस्थापन गर्न गृहसचिव महेश्वर न्यौपानेको संयोजकत्वमा गठित समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको छ।

समितिका सदस्यसचिव एवं गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले ९५० जना तत्काल बस्ने गरी एकीकृत क्वारेन्टाइन सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए।

काठमाडौँंको सामाखुशी र कीर्तिपुरमा रहेको राधा स्वामी व्यास केन्द्रमा आठ सय जनालाई राखिने छ । त्यसैगरी जावलाखेलमा रहेको प्रशासनिक प्रशिक्षण केन्द्र स्टाफ कलेजमा एक सय र चाँगुनारायण नगरपालिकाको तेलकोटा भवनमा ५० जनालाई राखिने छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »