सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आजदेखि लकडाउनमा थप कडाइ, बाहिर निस्कनेलाई मुद्दा चलाइने निर्णय

काठमाडाैं । सरकारले लकडाउन उल्लंघन गर्नेमाथि आजदेखि थप कडाई गर्ने भएको छ । बुधबार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्स्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको हो ।

समितिका प्रवक्ता नारायणप्रसाद बिडारीका अनुसार बैठकले लकडाउन कार्यान्वयनमा थप कडाइ गर्ने र नमान्नेलाई मुद्दा चलाउने समेत निर्णय गरेको छ । संक्रमणको दर बढ्दै गएपछि लकडाउनमा कडाइ गर्न लागिएको हो ।

समितिकै बैठकले संक्रमण फैलिन नदिन लकडाउनलाई प्रभावकारी बनाउन अनावश्यक आवागमन गर्नेलाई ‘संक्रमण रोग ऐन–२०२०’ अनुसार थुनामा राख्ने सम्मको कारबाही गरिने निर्णय गरेको हो ।

ऐन अनुसार संक्रमण रोग नियन्त्रणमा बाधा पुर्‍याउनेलाई १ महिनासम्म कैददेखि सय रुपैयाँ जरिवानाको व्यवस्था छ भने अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुयाउनेलाई ६ महिनासम्म कैद वा ६ सयसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

त्यस्तै जोखिम बढ्दै गएको निष्कर्ष निकाली परीक्षण पहिचान र उपचारलाई प्रभावकारी ढंगले अगाडि बढाउने निर्णय पनि समितिले गरेको छ ।

सवारीसाधन सञ्चालन पास पनि थप कडाइ गरिने भएकाे छ । कडाउनका वेला अत्यावश्यक कामका लागि भनेर लिइएको सवारी पास दुरुपयोग गर्ने १ हजार ८ सय ४६ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही समेत गरिसकेकाे छ ।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको अवधि १२ थपेर १५ गतेसम्म लम्ब्याएको छ ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ देखि १८ गतेसम्म पहिलोपटक १ हप्ते लकडाउन घोषणा गरेको थियो । त्यसपछि दोस्रोपटक चैत १७ गतेको मन्त्रिपरिषद बैठकले ७ दिन थपेर चैत २५ सम्मका लागि लकडाउन लम्ब्याएको थियो ।

सरकारले तेस्रोपटक जारी लकडाउन ८ दिन थपेर वैशाख ३ गतेका लागि लम्ब्याएको थियो । जसको अवधि बुधबार सकिने थियो । मंगलबार बसेकाे मन्त्रिपरिषद बैठकले चौथोपटक १२ दिन थप गरेर बैशाख १५ गतेसम्म लकडाउन बढाएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »