सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आजदेखि वर्षा क्रमश: कम हुँदै, मौसममा सुधार हुन अझै केही दिन लाग्ने

काठमाडौँ। मनसुुनी वायुुको प्रभाव कायमै रहेकोले मौसममा सुधार आउन अझै केही दिन लाग्ने भएको छ ।

शुक्रबारबाट सुधार हुँदै एक–दुई दिन मौसम खुल्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ ।

न्यूनचापीय रेखा तलमाथि हुने क्रम चलिरहेकोले सुधार हुन समय लागेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुुभयो ।

देशभर मनसुनी वायुको प्रभाव बिहीबार पनि कायमै रह्यो । मनसुनी न्यून चापीय रेखा पश्चिमी भूभागमा नेपालबाट दक्षिण सरे पनि पूर्वमा नेपाल नजिक रहेको छ । जसका कारण बदली जारी रहेको हो ।

मौसमविद् मानन्धरका अनुसार मौसम शुक्रबारबाट खुल्न थाले पनि तत्काल सुुधार हुने छैन । एक–दुुई दिनको सुधारपछि फेरि अर्को मौसमी प्रणालीले वर्षा गराउने सङ्केत देखिएको उहाँले स्पष्ट पार्नुुभयो ।

वर्षा न्यूून हुँदै गए पनि देशभर आंशिकदेखि सामान्य बदलीका साथ हल्कादेखि मध्यम वर्षा हुने क्रम निरन्तर छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बाग्मती, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा जारी छ । आगामी तीन दिन यी क्षेत्रका केही स्थानमा भारी वर्षाको पनि सम्भावनासमेत आँैल्याइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »