सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आजबाट ए डिभिजन राष्ट्रिय फुटसल लिग पोखरमा शुरु हुँदै

काठमाडौं, असोज २। नेपालमा पहिलोपटक आयोजना हुन लागेको ए डिभिजन राष्ट्रिय फूटसल लिग आजबाट शुरु हुँदैछ । पोखरा रंगशालाको बहुदेशीय कभर्ड हलमा हुने लिगको उद्घाटन खेलमा आज द राइजिङ क्लब धरान र स्काई गोल काठमाडौं भिड्नेछन् ।

शुक्रबार भएको प्रेस कन्फ्रेन्समा बोल्दै सबै टोलीका प्रशिक्षक र कप्तानले यस लिग खेलाडीहरुको लागि आफ्नो क्षमता देखाउने राम्रो अवसर रहेको बताएका छन् । सबै टोलीले एकअर्काबाट उत्कृष्ट खेल र कडा प्रतिस्पर्धाको अपेक्षा राखेको जनाए । यस्तै अखिल नेपाल फूटबल संघ (एन्फा) फुटसल समितिका अध्यक्ष रन्त कुमार श्रेष्ठ र फुटसलका प्रमुख विनोद गुरुङले यस प्रतियोगिता राष्ट्रको खेलकुद विकासमा कोसेढुङ्गा सावित हुने बताए ।

असोज २२ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीले सहभागिता जनाउँदैछन् । सहभागी टोलीमा स्काइ गोल फूटसल काठमाडौं, फुटसल ५ धरान, द राइजिङ क्लब धरान, लुम्बिनी फुटसल, झरना स्पोर्ट्स क्लब रुपन्देही, शङ्खमुल फुटसल काठमाडौं, ढुकु फुटसल हब काठमाडौं, प्रभतफेरि युथ क्लब काठमाडौं, स्पोर्ट्स क्यासल पोखरा कास्की र सबिन मेमोरियल एफसी कास्की रहेका छन् ।

लिगको विजेताले १० लाख रुपैयाँ पाउनेछ भने उपविजेता हुने टोलीले ५ लाख रुपैयाँ पाउने एन्फाले जनाएको छ । यस्तै लिगको हरेक विधाका खेलाडीले जनही २५ हजार पाउनेछन् । म्यान अफ दि म्याचले ५ हजार पाउने एन्फाले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »