सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आजबाट तातोपानी नाका पूर्ण रुपमा सञ्चालन

काठमाडौं। चीनसँग नेपालले ब्यापारिक कारोबार गर्ने प्रमुख नाका तातोपानी नाका आजबाट पूर्ण रुपमा संचालनमा आएको छ ।

डेढ महिना अघि तिब्बतको प्रशासनले खासा भन्दामाथिको ‘क्यानोन कु’ ताल फुट्ने जोखिम रहेको भन्दै नाका बन्द गराएको थियो । तर पछिल्लो समय बर्षा हुनेक्रम घटेपछि ताल फुटेने संभावना टरेपछि नाका खुलेको हो ।

नाका पुन: संचालन गर्नेबारे गत आसोज १३ गते नेपाल र चीन पक्षका अधिकारीहरुबीच भएको छलफलपछि औपचारिक निर्णय भएको थियो । त्यापछि केही मालवाहक यातायातहरू छिट्फूट रूपमा नेपाल प्रवेश गर्न थालेका थिए ।

सोमबार आज मात्रै तातोपानी नाकाबाट १२ वटा कन्टेनरबाट नेपालतर्फ सामान भित्र्याइएको छ । नाकामा कोरोना संक्रमणको उच्च जोखिम भएको भन्दै २९ जनाको २ टोली निर्माण गरिएको छ ।

यसअघि २५ जनाको टाली थिए । त्यसमा ४ जना पुन थपेर २९ जना बनाइएको हो । उनीहरुको ५ दिनको फरकमा कोरोना भाइरस परीक्षण गरिदै आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »