सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आजबाट लकडाउनको मोडालिटी परिवर्तन : पसल खुल्ने, सवारीमा जोर विजोर प्रणाली

काठमाडौं। सकारले पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो । यसैगरी निजी सवारीसाधन जोर-बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ ।

यो निर्णय भोलिदेखि नै लागू हुने एक मन्त्रीले जानकारी दिए ।उनका अनुसार जोर गते जोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने छ भने बिजोर गते बिजोर नम्बरका सवारी सञ्चालन गर्न पाइने छ । तर सार्वजनिक यातायात भने तत्काल नखोल्ने निर्णय भएको छ।

गत चैत ११ गतेदेखि जारी लकडाउनले चौतर्फी असर परेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दवाव बढ्दै आएको थियो । सोही अनुसार सरकारले लकडाउन खुकुलो बनाउने गरी निर्णय गरेको हो । विज्ञहरुले पनि कोरोना महामारी लामो समय जाने देखिएको भन्दै लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाउँदै आएका थिए ।

पछिल्लो पटक लकडाउन थप गर्दा मोडालिटी परिवर्तन गरेर केही खुकुलो बनाउने भनिएको थियो । तर सरकारले निर्णय गर्न ढिलो गर्दा व्यवसायीहरुले स्वस्फुर्त रूपमा पसल समेत खुल्न थालेका छन् भने मानिसहरूको आवागमन पनि बढेको छ ।

पछिल्लो पटक लकडाउन खुकुलो बनाउन सीसीएमसीले ६ चरणको लुजडाउन प्रस्ताव पनि बनाएको थियो । उच्चस्तरीय समन्वय समितिको छुट्टै प्रस्ताव थियो । दुवै प्रस्तावलाई मर्ज गरेर बनेको प्रस्तावमा बुधबार छलफल भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »