सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आजबाट विद्युतीय खोप प्रमाणपत्र पाउन सकिने, कसरी लिने सेवा ?

काठमाडौं । सरकारले अनलाइनबाट पनि विद्युतीय खोप प्रमाणपत्र उपलब्ध गराउने भएको छ । स्वास्थ्य सेवा विभागबाट उपलब्ध हुने क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्न अनलाइनमा गएर मागिएको विवरण भरेर आवश्यक कामगजात अपलोड गर्नु पर्नेछ ।

आजबाट यो सेवा सुरु भएको विभागले जनाएको छ । https://vaccine.mohp.gov.np/public-request-form
मा गएर मागिएको विवरण अपलोड गर्नुपर्ने छ ।

अनलाइन सेवा लिन नसक्नेहरुका लागि आजदेखि (बिहान १० बजेदेखि साँझ ४ बजेसम्म शनिबार समेत) राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा गएर सेवा लिन सकिने छ ।

आवश्यक कागजात ः

सक्कल राहदानी, सक्कल खोप कार्ड, हालसालै खिचिएको पासपोर्ट साइज फोटो, राहदानीको छाया कपी, खोप कार्डको छाया कापी, कबुलियतनामा https://vaccine.mohp.gov.np/public-request-form यो अनलाइनबाट डाउनलोड गर्न सकिने छ भने फारम भर्ने स्थानमा पनि उपलब्ध हुनेछ ।

तीनदिनभित्र विदेश जानेहरुका लागि थप कागजातहरु भिसाको छाया कपी, टिकटको छाया कपी पेश गर्नुपर्ने छ ।

भर्खरै

सम्बन्धित खबर

Language »