सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज अभिनेत्री मनिषा कोइरालाको जन्मदिन, कति वर्ष पुगिन त ?

काठमाडौं /३२ साउन ।
अभिनेत्री मनिषा कोइरालाको आज जन्मदिन परेको छ । १९७० अगस्ट १६मा काठमाडौंमा जन्मिएकी मनिषाले आज ५० औं जन्मदिन मनाउँदैछिन् ।

जन्मदिनको अवसरमा उनलाई विभिन्न माध्यमबाट शुभकामनाको ओइरो लागिरहेको छ । नेपाली र बलिउड दुबै फिल्ममा अभिनय गरेकी मनिषा अभिनयको माध्यमबाट करोडौँ मानिसको ढुकढुकी समेत बन्न सफल छिन् ।

नेपालको राजनीतिक घरानामा जन्मिएकी मनिषाको सानोमा डाक्टर बन्ने सपना पनि थियो । तर करियरका लागि भने उनले मोडलिङ र फिल्म अभिनय रोजिन् ।

सन् १९८९ मा नेपाली फिल्म ‘फेरी भेटौँला’ अभिनय गरेपछि बलिउड प्रवेश गरेकी उनले बलिउड ‘सौदागर’बाट डेब्यु गरेकी हुन् । उनले बलिउडमा लामै समय राज गरिन् ।

१९८९–२०१२ सम्म करिब २३ वर्ष फिल्मी क्षेत्रमा क्रियाशील मनिषा पाठेघर क्यान्सरको कारण झण्डै पाँच वर्ष अभिनयबाट टाढा रहिन् ।

सन् २०१० मा सम्राट दाहालसँग बिवाह गरेकी मनिषाको दुई वर्षपछि सम्बन्ध विच्छेद भएको थियो । हाल उनी आमाबाबु सुष्मा र प्रकाश कोइरालासँग बस्दै आएकी छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »