सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ- प्रतिनिधिसभा बैठकअघि आज सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ ।
पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि दलको बैठक पहिलोपटक बस्न लागेको हो ।

दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा सदनमा अब खेल्ने भूमिकाका विषयमा देउवाले निर्देशन दिनेछन् । यसअतिरिक्त सरकारलाई संसदको पूरै कार्यकाल टिकाउन अरु दलसँग विश्वासको मत दिन पहल गराउने विषयमा पनि छलफल हुने सांसद डा.मिनेन्द्र रिजालले जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »