सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज २२६ जना संक्रमित थपिए,नेपालमा संक्रमितको संख्या १७ सय ९८ पुग्यो

काठमाडौं। सोमबार थप २२६ जनामा कोरोना भाइस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा डा. विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २२६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेका हुन्।

पछिल्लो २४ घण्टामा सोमबार थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । यो अहिलेसम्मकै धेरै संख्या हो । योसहित कोरोना संक्रमितको संख्या १७ सय ९८ पुगेको छ। जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या १७ सय ९८ पुगेको छ ।

हालसम्म पीसीआर विधिबाट ७१ हजार ९०३ र आरडीटी विधिबाट १ लाख १३ हजार ७५७ नमूना परीक्षण भएका छन्। गत २४ घन्टामा पीसीआर विधिबाट २ हजार ३१० र आरडीटी विधिबाट २ हजार ६४८ थप नयाँ नमूना परीक्षण भएका हुन्।

यस्तै आइसोलेसनमा १ हजार ५ सय ६९ जना रहेका छन् भने क्वारेन्टाइन बस्नेको संख्या १ लाख ३३ हजार ९७५ पुगेको छ। आज थप १ जना डिस्चार्ज भएका छन्।यो सहित कोरोना जित्नेको संख्या २२1 पुगेको छ। डडेल्धुराका एकजना पुरुष डिस्चार्ज भएका छन्। उनी दशौं दिनमा डिस्चार्ज भएका हुन्।कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »