सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज थप ३८० जनामा कोरोना पुष्टि,नेपालमा कोरोना संक्रमितको संख्या ६,५९१ पुग्यो

काठमाडौं । मंगलबार एकै दिन ३ सय ८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार मंगलबार ३८० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय ८० जना संक्रमित थपिएका हुन् । यी सहित हालसम्म कुल संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ। यीमध्ये ६ हजार ९२ पुरुष र ४ सय ९९ महिला छन्।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार अहिलेसम्म १ लाख ३३ हजार ९ जना क्वारेन्टाइनमा छन्। यस्तै आइसोलेसनमा पाँच हजार पाँच सय ३१ जना रहेका छन्। ७३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ।

यसअघि हिजो ४५१ जना संक्रमित थपिएका थिए। त्यस्तै हालसम्म मृत्यु भएका १९ जनामा कोरोना पुष्टि भएको छ।

मन्त्रालयका अनुसार मंगलबार ११७ जना डिस्चार्ज भएका छन्।जसमा ८ महिला र १०९ पुरुष छन् । योसँगै कोरोना जित्नेको संख्या १ हजार ४१ पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »