सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज थप ७२ जनामा काेराेना पुष्टि,नेपालमा संक्रमितकाे संख्या ६ सय ७५ पुग्याे

काडमाडाैं । नेपालमा थप ७२ जनामा कोरोना पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ६७५ पुगेकाे छ । सोमबार संक्रमण पुष्टि भएकाहरुमा धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सुनसरी, बर्दिया, बाँके र दैलेखका नागरिक रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठा दाङ, किटजन्य राेग अनुसान्धन तथा तालिम केन्द्र हेटाैँडा, भेरी अस्पताल नेपालगंज र प्रदेशिक अस्पताल सुर्खेतमा गरिकाे परीक्षमा ७२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

कुल संक्रमितमध्ये ३ जनाको मृत्यु भइसकेकाे छ भने १०५ जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणबाट सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला, बाँकेका २५ वर्षीय युवक र गुल्मीका ४१ वर्षीय पुरुषकाे मृत्यु भएकाे छ ।

हिजाे आइतबार पनि १९ नयाँ संक्रमित भेटिएका थिए । त्यस्तै शनिबार ६८, शुक्रबार ५९, बिहीबार २९, बुधबार २५, मंगलबार ८३, साेमबार ८० र आइतबार १४ जनामा कोरोना पुष्टि भएकाे थियाे । हालसम्म नेपालका ७७ जिल्लामध्ये ३८ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।

अहिले देशभरका क्वारेन्टाइनमा ३९ हजार ८ सय ४ जना छन् भने ५ सय १३ जना आइसाेलेसनमा छन् । त्यस्तै हालसम्म ४८ हजार २ सय १२ जनाको पिसिआर परीक्षण गरिएको छ भने ९० हजार २६ जनाको आरडिटी परीक्षण भएको छ । चैत ११ गते देखि देश नै ‘लकडाउन’मा छ ।

भर्खरै

सम्बन्धित खबर

Language »