सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज देशभर विश्वकर्मा पुजा मनाइँदै

काठमाडौं । आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरि आज विश्वकर्मा पूजा मनाइँदै छ ।समुद्रमन्थनबाट निस्किएका मानिने विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वास छ । नयाँ सवारीसाधन किन्नेले आज विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने गर्दछन् ।

नेपालमा आजै देखि शरद् ऋतु प्रारम्भ भएकोसमेत मानिन्छ ।आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरि आजै विगत ६ महिनादेखि बन्द रहेका लामो दुरीका यातायातसमेत सञ्चालन भएका छन् ।

नेपालमा प्रत्येक वर्षको असोज १ गते विश्वकर्मा पूजा मनाउने गरिन्छ । नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने भएकाले आज काठमाडौँका भद्रकाली, दक्षिणकालीलगायत मन्दिरमा दर्शनार्थीको भिड लाग्ने गर्दछ ।

भर्खरै

सम्बन्धित खबर

Language »