सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज पनि देशैभरि हल्कादेखि मध्यम वर्षा,भोलिबाट मौसममा क्रमिक सुधार हुने

काठमाडाै । केही दिनयता नेपालमा निरन्तर वर्षा भइरहेकाे छ । स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा बनेको “निसर्ग” चक्रवात कमजोर भई बनेको न्युन चापीय वायुको प्रभाव रहेकोले नेपालमा चिसाे बढ्नुका साथै झरी परिरहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा आज पानी पर्ने मौसमविदले बताएका छन् । भोलिबाट भने मौसममा क्रमिक सुधार हुँदै जाने छ। अरेबियन सागरमा विकसित निसर्ग चक्रवातको अप्रत्यक्ष असर र स्थानीय वायुको प्रभावले शुक्रबारदेखि नै झरी परिरहेको छ । अहिले प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र सूदुरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र देशका अन्य धेरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा वर्षा भइरहेकाे छ । प्रदेश १, गण्डकी प्रदेश, सु.प प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेकाे छ भने प्रदेश ५ र प्रदेश २ का थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ समेत पर्ने तथा उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेकाे छ ।

अरेबियन सागरमा चार दिन अगाडि निसर्ग चक्रवात विकसित भएको थियो । त्यसको अप्रत्यक्ष असर नेपालमा परेको छ। त्यो अहिले कमजोर भइसके पनि निम्न चापिय प्रणालीको असर बाँकी नै छ । निम्न चापिय प्रणाली अहिले पूर्वतिर सर्दै गएको छ । त्यसैले मौसमविद वरुण पौडेलका अनुसार प्रदेश २ र १ मा बेलुकासम्म पनि लगातार झरी पर्ने छ ।

भर्खरै

सम्बन्धित खबर

Language »