सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज पनि सुन र चाँदीको मुल्य वृद्धि, सुन १ लाख ३ हजार ५ सयमा कारोबार

काठमाडौं। शुक्रबार पनि सुन र चाँदीको मुल्यमा वृद्धि भएको छ ।

शुक्रबार सुनको मुल्य तोलामा एक हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन प्रति तोला एक लाख ३ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन पनि प्रति तोला एक लाख ३ हजारमा कारोबार भइरहेको छ ।

नेपालमा सुनको यो मुल्य अहिलेसम्म कै उच्च हो ।

त्यसैगरी शुक्रबार चाँदीको मुल्य पनि बढेको छ ।

महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ६० रुपैयाँले बढेर १ हजार ४०५ मा कारोबार भइरहेको छ ।

विहिबार चाँदीको मुल्य एक हजार ३४५ प्रति तोला रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »