सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज मेघ गर्जन र चट्याङ सहित भारी बर्षाको सम्भावना

पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै दुई- तीन दिन रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव रहेकाले बदली सङ्गै हल्का वर्षा भइरहेको छ । प्रि-मनसुनको मौसमको पूर्वाअवस्था भएकाले पनि यस्तो गतिविधि तथा मौसममा फेरबदल भइरहेको हो ।

नेपालमा प्रि- मनसुन भित्रिने समय अंग्रेजी महिनाको मार्चमा हो तर यसपाली एक साता अघि नै प्रि- मनसुन पूर्णरूपमा सक्रिय भई रहेको छ ।मार्च देखि मे महिनासम्म प्रि – मनसुन रहने गर्दछ ।

हाल न्यून चापीय प्रणालीको प्रभावले पश्चिमी भूभागमा सामान्य देखि पूर्ण रुपमा बदली रही केही स्थानमा हल्का फुल्का वर्षा भइरहेको छ भने केही स्थानमा आंशिक देखि सामान्य रूपमा बदली रहेको छ ।

आज देशभर आंशिक देखि सामान्य रूपमा बदली रही केही स्थानमा मेघ गर्जन सहित भारी वर्षाको सम्भावना रहेको छ ।बिहीबार देशको पहाडी क्षेत्रमा आंशिक देखि सामान्य रूपमा बदली भइ हल्का वर्षाको सम्भावना रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »