सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज युभेन्टस र क्याग्लिअरी भिड्दै, के रोनाल्डोले गोल संख्या बढाउलान् त ?

इटालियन सिरी ए लिग अन्तर्गत लिगको ३७ औं खेलको लागि आज लिग च्याम्पियन युभेन्टस र १४ औं स्थानको क्याग्लिअरी सँग खेल्दैछ । क्याग्लिअरीको घरेलुु मैदानमा हुने सो खेलमा युभेन्टसका सुपरस्टार फर्वाड क्रीस्टियानो रोनाल्डो गोल संख्या बढाउने दाउमा हुनेछन् । हाल उनी ३१ गोल सहित सिरो इम्मोबिले र रोवर्ट लेवान्डोस्कीलाई गोल्डेन बुट उपाधी दौडमा पछ्याइरहेका छन् । सिरो र लेवान्डोस्की समान ३४ गोलसहित गोल्डेन बुट दौडमा अगाडि छन् । सिरो र रोनाल्डोले भने अझै २ खेल खेल्न बाँकी छन् । यस अवस्थामा रोनाल्डोलाई गोल्डेन बुट जित्न निक्कै संघर्ष गर्नुपर्ने देखिन्छ । सिरोले गोल नगरेमा वा कम गोल गरेमा अनि रोनाल्डोले धेरै गोल गरेर सिरोलाई बराबरीमा रोक्न सके वा उछिन्न सकेमात्र गोल्डेन बुट उपाधी रोनाल्डोको लागि संभव छ ।

भर्खरै

सम्बन्धित खबर

Language »