सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज रातिदेखि व्यापक वर्षा सुरु हुने मौसमविद्को अनुमान

काठमाडाैँ। साेमवार असाेज ५ गते देखि चार पाँच दिन ठुलाे वर्षाका साथै हावा हुरीकाे समेत सम्भवना रहेकाे हुँदा सचेत रहन माैसमविदहरूलेअनुराेध गरेका छन्।


खासगरी आज रातिदेखि व्यापक वर्षा सुरु हुने मौसमविद्को अनुमान छ तर हावाहुरी आजै दिउँसो प्रदेश १ र २ मा आउने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।

‘अहिले प्रदेश १ र २ मा चट्याङसहित वर्षा गराउने बादल विकास भइरहेको छ,’ सोमबार बिहान नेपालखबरसँग उनले भनिन्, ‘दिउँसोलाई भारी वर्षाको सम्भावना भने देखिएको छैन तर हावाहुरीकाे आउने सम्भावना छ।’

मौसमविद् शाक्यका अनुसार रातिदेखि भने ठूलो वर्षाका साथ हावाहुरी चल्ने सम्भावना छ।

हेरौं मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको तीन दिनसम्मको मौसम अनुमान

असोज ५ गते सोमबार
दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २ का केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हावाहुरीको सम्भावना छ।

असोज ६ गते मंगलबार
दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हावाहुरीकाे सम्भावना छ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा र प्रदेश नं १ का १-२ स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हावाहुरीको सम्भावना छ।

असोज ७ गते बुधबार
दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हावाहुरीको सम्भावना छ।

राती : देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र केही स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १-२ स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ।

भर्खरै

सम्बन्धित खबर

Language »