सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज राती १२ बजेबाट लकडाउन अन्त्य, भोलि देखि जोर विजोर हट्यो

काठमाडौं। सरकारले मङ्गलवार मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेदेखि लकडाउन हटाउने निर्णय भएको जानकारी दिएका हुन्।
सरकारले कोरोना सङ्क्रमणको जोखिमका कारण गत चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा आज मध्यरातदेखि लकडाउन पूर्णरुपमा अन्त्यगर्ने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

यस्तै, निजी सवारी साधानमा लगाउँदै आएको जोर विजोर प्रणाली पनि हटेको छ । मन्त्रिपषिद्को सोमबार बसेको बैठकले जोड विजोर हटाउने निर्णय गरेको हो । उक्त निर्णय आज सार्वजनिक भएको हो ।

सार्वजनिक यातायात सञ्चालन सुरु भइसकेकाले निजी सवारीको जोर विजोर हटाइएको प्रवक्ता डा. खतिवडाले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »