सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज विप्लवको शैक्षिक हड्ताल : सबै विध्यालय बन्द हुने

नेत्र विक्रम चन्द (विप्लव) समूहले फागुन १४ गते शैक्षिक आम हडतालको घोषणा गरेको छ ।मंगलबार विज्ञप्ति जारी गर्दै विप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले शैक्षिक हडताल सफल पार्न आग्रह गरेको छ । काठमाडौँ जिल्ला अध्यक्ष गोविन्द विष्टले जारी गरेको विज्ञप्तिमा शैक्षिक हडताल सफल पार्न सम्बन्धीत सबैलाई सहयोग गरिदिन आग्रह गरिएको छ ।

संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल, केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगायत आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको विरोधमा फागुन १४ गते बुधबार विप्लव समूहले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको हो ।फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारी गरीरहेको बेला काठमाडौँबाट क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकाल र कोषाध्यक्ष नरेन्द्र विकलाई गिरफतार गरेको थियो । उनीहरुविरुद्ध प्रहरीले अभद्र ब्यवहारको मुदा लगाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »