सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौं / १२ असार

सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य घटेको जनाएको छ । शुक्रबार महासंघले नेपाली बजारमा सुनको मूल्य घटेको जनाएको हो ।

महासंघका अनुसार बिहिबार प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोलामा ५ सय रुपैयाँले घटेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »