सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज सुनको मूल्य ६ सय वृद्धि, ९६ हजार ४ सयमा कारोबार

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज ६ सयले बढेर सुन ९६ हजार ४ सयमा कारोबार भइरहेको छ ।

गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला ९६ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै आइतबार तोलामा ३ सयले घट्दै सुन ९६ हजार १ सयमा कारोबार भयो । सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको सुन मंगलबार पुनः ३ सयले घटेको थियो ।

त्यस्तै, बुधबार (आज) भने एकै दिन ६ सयले बढेर सुन ९६ हजार ४ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९५ हजार ९ सय निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्यमा पनि ५ रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १,३१५ कायम रहेको महासंघले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »