सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज सुन प्रतितोला ९८ हजार ५ सयमा कारोबार, १ वर्षमै करिब ३३ हजार बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । नेपाली बजारमा सुनको भाउ बुधबार पनि बढेको छ ।

बुधबार छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको भाउ प्रतितोला ९८ हजार ६५ रुपैयाँ पुगेको छ ।

मंगलबार तेजाबी सुन प्रतितोला ९७ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको भाउ भने घटेको छ । बुधबार चाँदीको भाउ प्रतितोला एक हजार २ सय २५ रुपैयाँ कायम भएको छ ।

नेपाली बजारमा एक वर्षमै सुनको भाउ करिब ३३ हजारभन्दा बढीले बढेको छ ।

गत वर्षको साउन १२ गते नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ६५ हजार र तेजाबी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कायम भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »