सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज १२ उडान मार्फत १६ शव सहित ५५८ नेपाली स्वदेश फर्किए

काठमाडौं /०५ साउन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १२ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत ५५८ नेपाली स्वदेश फर्किएका छन् ।

नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट २५७ यात्रु तथा १५ शव ल्याएको छ भने हिमालय एयरलाइन्सले मलेसियाबाटै दुई उडानमार्फत क्रमशः १५३ यात्रु र एक शव तथा १४८ यात्रु काठमाडौँ ल्याएको छ ।

त्यस्तै मलेसियाबाट आज एकैदिन १६ शव नेपाल ल्याइएको छ ।

विभिन्न मुलुकबाट भइरहेको नेपालीको उद्धार उडानका क्रममा आज धेरै सङ्ख्यामा नेपालीको शव ल्याइएको हो ।

आज क्वालालम्पुरबाट भएका दुई चार्टर्ड उडानमा क्रमशः १५ र एक गरी १६ शव नेपाल आएका हुन् ।

नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट १५ र हिमालय एयरलाइन्सले पनि क्वालालम्पुरबाटै एक शव ल्याएको विमानस्थल कार्यालयले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »