सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज १२ जना थपिएसँगै कोरोनाले मृत्यु हुनेको संख्या १९५ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १२ जनाले कोरोनाकै कारण ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १९५ पुगेको हो।

मन्त्रालयका अनुसार २४ घण्टामा चार महिला र आठ पुरुष गरेर १२ जनाको मृत्यु भएको हो ।

सङक्रमणबाट मृत्यु हुनेमा मारङ, भक्तपुर, मकवानपुर, उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३३४ महिला र ५९३ पुरुष गरेर २४ घण्टामा ९२७ जनामा संक्रमण पुष्टि भएको हो।

भर्खरै

सम्बन्धित खबर

Language »